तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन

ओखलढुङ्गा । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाको निधन भएको छ । विगत १० महिनादेखि क्यान्सर रोगबाट पीडित शेर्पाको मङ्गलवार बिहान सोलुखुम्बुस्थित आफ्नै निवासमा मृत्यु भएको हो ।

गाउँपालिकाका अध्यक्ष शेर्पाको ३९ वर्षको उमेरमा मङ्गलवार बिहान ८ः३० बजे निधन भएको गाउँपालिकाले जनाएको छ ।

आमाशयमा रहने सानो आन्द्रामा क्यान्सर भएपछि लामो समयदेखि अध्यक्ष शेर्पा उपचाररत थिए । काठमाडौँको ह्याम्स अस्पतालमा उपचार गराइरहेका शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि दुई हप्ताअघि जन्मस्थल लुक्ला लगिएको थियो ।

क्यान्सर लागेपछि शेर्पा थप उपचारका लागि १० महिना पहिले भारतको मेतान्द अस्पतालमा भर्ना भएका थिए । त्यहाँ दुई महिनासम्म रेडियो थेरापी गरिएको थियो । त्यसपछि काठमाडौँ फर्किएर शेर्पाले ह्याम्स अस्पतालमा नियमित उपचार गराउँदै आउनु भएको थियो ।

अध्यक्ष शेर्पाको निधनले अपुरणीय क्षति पुगेको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष टसील्हामु शेर्पाले बताउनुभयो । आफू नियमित काममा सक्रिय हुन नसकेपछि अध्यक्षले उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button