तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० मा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।

हेटौँडा–१०स्थित एक ग्यारेजमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृतकको पहिचान भने खुल्न बाँकी रहेको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमर प्रसाद गजमेरको टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button