तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारको पेशागत सुरक्षा माग

काठमाडौं । विश्व प्रेस काउन्सिलले कोभिड–१९ महामारीका कारण विश्वभरका मिडियामा परेको प्रभावप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

आइतबार भएको भर्चुअल छलफलपछि काउन्सिलका महासचिव किशोर श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘यो विडम्बना हो कि कोरोनाविरूद्ध धेरै अन्य योद्धाहरूजत्तिकै मिडिया विश्वको इतिहासमा पहिलो पटक व्यक्तिगत र संस्थागतस्तर दुवैको शिकार भएको छ ।’

काउन्सिलले कोभिड–१९ का कारण विश्वको मिडिया मात्रै नभएर समग्र क्षेत्र सङ्कटमा परेको जनाउँदै नेपाललगायत दक्षिण एशियाली मुलुकका मिडिया हाउसले कोरोना संक्रमणको कारण संकटको सामना गरिरहेका पत्रकारको पेशागत सुरक्षा गर्नुपर्ने माग गरेको छ ।

‘राजस्वको घाटाले सबै प्रकारका मिडियासँग सम्बन्धित पत्रकारहरूको व्यक्तिगतस्तरमा ठूलो असर पार्छ, तीमध्ये कतिपयले आफ्नो जागिर गुमाएका छन् भने धेरैले तलब कटौती गरेका छन्, अन्य धेरै जबर्जस्ती कदम छुट्टी, विनाकुनै तलब र काम घण्टा घटाउने व्यवस्थापन मालिकहरूद्वारा लिइएको छ’, विज्ञप्तिमा भनिएको छ ।

अमेरिकामा रङ्गभेदविरुद्धको जनान्दोलन र मिडियाप्रति राज्यको वैरभाव तथा इराकलगायत राष्ट्रमा पत्रकारमाथिको ज्यान लिने हमलाका बारेमा पनि छलफल भएको थियो ।

छलफलमा काउन्सिलका अध्यक्ष प्रा डा सुले आकेरले मिडियालाई होशियार रहन र भयानक रोगका बारेमा प्रामाणिक समाचार सम्प्रेषण गर्न सल्लाह दिनुभएको थियो । महासचिव श्रेष्ठले कति पत्रकारले तलब नपाएको, कतिलाई अब काममा नआउनू भनिएको तथा मिडिया उद्योग ७० प्रतिशतभन्दा बढी घाटामा रहेको जनाउँदै यस्तो अवस्थामा सञ्चारगृहले आफ्नो परिवारलाई हेर्नुपर्ने बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button