तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशको कूल बजेट ३४ अर्ब ८४ करोड

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट ल्याएको छ ।

सोमबार आर्थीक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सभामा प्रस्तुत गर्नुभएको वार्षिक आय व्यय विवरणमा चालु तर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार र पुँजीगत तर्फ रु. १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार र वित्तीय व्यवस्था तर्फ रु. ५० करोड विनियोजन गरिएको छ । कुल बजेटमा चालु खर्चतर्फ ४१.२ प्रतिशत, पँुजीगत तर्फ ५७.४ प्रतिशत र वित्तिय व्यवस्था तर्फ १.४ प्रतिशत रहेको छ ।

बजेटको स्रोतमा आन्तरिक स्रोतबाट ४ अर्ब ६० करोड ८५ लाख ६० हजार, राजस्व बाँडफाँटबाट ७ अर्ब ५७ करोड ३७ लाख र अनुदानबाट रु. ५४ करोड रहेको छ । त्यस्तै नेपाल सरकार बाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान रु. ७ अर्ब ११ करोड २६ लाख, सशर्त अनुदान रु. ४ अर्ब २० करोड ८४ लाख, समपुरक अनुदान रु. १ अर्ब ४९ करोड ८९ लाख, बिशेष अनुदान ५४ करोड रहेको छ । बाँकी रहेको ९ अर्ब पूर्ति गर्न चालू आर्थिक वर्षमा खर्च भइ बाँकी रहने मौज्दात ७ अर्ब, आन्तरिक ऋणबाट १ अर्ब र नेपाल सरकारसँगको ऋणबाट १ अर्ब व्यहोरिने गुरुङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button