तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा एकै दिन २० जनामा कोरोना संक्रमण, कूल संख्या ३३ पुग्यो

डोटी । डोटीमा एकै दिन २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालाबाट प्राप्त संक्रमितहरुको अद्यावधिक विवरण अनुसार सोमबार मात्रै डोटीका २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका प्रमूख रमेश मलासीले जानकारी दिनुभयो ।

जसमध्ये १७ जना शिखर नगरपालिकाका, २ जना आदर्श गाउँपालिकाका र १ जना पूर्वीचौकी गाउँपालिकाका रहेका छन् ।

संक्रमित हुनेमा शिखर नगरपालिकाको वडा नं. ३ का ३९, ३५, ३४, ३२, २५, २१, १८, १८, २२, ३०, १८, १८, २३, १८, र २० वर्षका १४ जना पुरुष र ३५ वर्षका एक जना महिला रहेको स्वास्थ्य कार्यालयको प्रेस विज्ञप्तीमा उल्लेख छ । त्यस्तै शिखर नगरपालिकाकै वडा नं. ६ का २४ र ४३ वर्षका दुइ जना पुरुष रहेको जनाईएको छ ।

यता आदर्श गाउँपालिकाको वडा नं. २ का २९ वर्षका १ पुरुष र वडा नं. ३ का ६२ वर्षका पुरुष पनि संक्रमित भएका छन् भने पूर्वचौकी गाउँपालिकाको वडा नं. ७ का २२ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

यससँगै डोटीमा कोरोना संक्रमित हुनेहरुको संख्या ३३ जना पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button