तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा मिनि ट्रक्र दुर्घटना हुँदा २ जनाको मृत्यु

डोटी । डोटी बडिकेदार गाउँपालिका ३ घाङलको सुनालेकमा सोमबार मिनि ट्रक दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

घाङलमा राशन पुर्याएर धनगढीतर्फ फर्किन लागेको से १ ख १२६२ नम्बरको मिनि ट्रक दिउँसो करिब डेढ बजेतिर दुर्घटना हुँदा सोही वडाका ४० वर्षिया डबल पुनमगर र उनका १४ वर्षीया छोरा धिरज पुनमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक इन्द्र मल्लले जानकारी दिनुभयो ।

उनिहरुलाई घटनास्थलबाट उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मिनि ट्रकका चालक श्यामलाल चौधरी इलाका प्रहरी कार्यालय विपिनगरको नियन्त्रणमा रहेका छन् ।

गाडी एक्कासी अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले प्रारम्भीक जानकारी दिएको छ । मिनि ट्रकमा रहेका सोही वडाका ४० वर्षिया यज्ञराज ओझा र ५५ वर्षिया निलकण्ठ जोशी तथा चालक चौधरी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत अध्ययनका लागि इलाका प्रहरी कार्यालय विपिनगरका इञ्चार्ज तथा प्रहरी निरिक्षक लाल बहादुर ऐरको टोली घटनास्थलमा रहेको जनाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button