तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ को बजेट ३३ अर्ब ५६ करोड


जनकपुरधाम । प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्व ५६ करोड ९ लाख ८९ हजारको आय व्यय बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ ।

प्रदेश नंं २ का आर्थिक विकास तथा योजना मन्त्री विजय कुमार यादवले प्रस्तुत गर्नु भएको बजेटमा चालु तर्फ १५ अर्व ४२ करोड २६ लाख ९८ हजार (४५.९५ प्रतिशत) र पुँजीगत तर्फ १७ अर्व ९७ करोड ८२ लाख ९१ हजार (५३.६७ प्रतिशत) बजेट बिनियोजन गरिएको छ । साथै वित्तिय व्यवस्था तर्फ १६ करोड अर्थात ०.४८ प्रतिशत बिनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख रहेको छ ।

प्रस्तुत बजेटमा स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतमा राख्दै उल्लेख्य बजेटको व्यवस्थापन गरिएको छ । स्वास्थ्य सेवा वाहेक कृषि, शिक्षा र रोजगारीलाई प्राथमिकता राखेको बजेट वक्तव्यमा उल्लेख रहेको छ ।

नागरिकको स्वास्थ्य सुरक्षा, स्वास्थ्य क्षेत्रको पुर्वाधार र जनशक्ति विकास प्रदेश सरकारको मुख्य प्राथमिकतामा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button