तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं. ५ को बजेट ३६ अर्ब ३५ करोड

बुटवल । प्रदेश ५ ले ३६ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक वर्ष २०७७/७८ का लागि कुल ३६ अर्ब ३५ करोड २५ रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार (३४.६४ प्रतिशत), पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार (५१.२२ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड ५० हजार रुपैयाँ रहेको छ ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसमेत रहनुभएका आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले बजेट पेश गर्नुभएको हो । अर्थमन्त्रीका रुपमा मुख्यमन्त्री शंकर पोखरेलले नै प्रदेशको तेस्रो बजेट ल्याउनुभएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button