तपाईँ सुन्दै हुनुहुन्छः

क्वारेन्टाईन लैजाँदा भागेका यूवाको मृत्यु

पर्वत । पर्वतको कुश्मा नगरपालिका ८ को चुवा भीर बाट खसेका यूवाको मृत्यु भएको छ । आज बिहान भीर बाट हाम फालेका ३९ वर्षिय चन्द्रबहादुर नेपालीको मृत्यु भएको हो ।

बागलुङ नगरपालिका १३ का नेपाली भारतबाट क्वारेन्टाईनमा बस्ने सर्तमा सुनौली नाकाबाट बसमा चढेर आउँदै थिए ।

पर्वत प्रहरीका अनुसार कुश्मा नगरपालिका ८ चुवामा आईपुग्दा बस रोकिएको बेला उनी जबरजस्ती भागेर भीरबाट हाम फालेका थिए । भीरबाट हाम फालेका उनलाई शरिरका विभिन्न स्थानमा गम्भीर चोट लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारीले उनको उपचारका क्रममा पोखरा स्थित गण्डकी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिनुभएको छ ।

लु.२ ख ४२२० नम्बरको बसमा पर्वत, बाग्लुङ र म्याग्दीका नागरिकहरू भारतबाट फर्केपछि क्वारेन्टाइनमा बस्न जाँदै थिए । पर्वतका नागरिकलाई मोदी गाउँपालिकाको डिमुवामा झारेपछि बस बाग्लुङ र म्याग्दीका नागरिक बोकेर आएको थियो । वर्षाका कारण सडकको अवस्थाका बिग्रिएपछि बस अगाडि जान नसक्ने भनेर बसचालकले बस रोकेको मौकामा नेपाली भने भिरबाट हाम फालेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button