तपाईँ सुन्दै हुनुहुन्छः

मिनिट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु

डोटी । डोटीको बडीकेदार गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा सवार दुइजनाको मृत्यु भएको छ ।

बडीकेदार गाउँपालिका–३ घांगलबाट धनगढी जाँदै गरेको से १ ख १२६२ नम्बरको मिनिट्रक आज दिउँसो बडीकेदार–३ कै सुनालेक भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

दुर्घटामा परी सोही ठाउँका ४० वर्षिय डबलबहादुर पुनमगर र उनका १३ वर्षिय छोरा धिरज पुनमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घटनापछि चालक श्यामलाल चौधरी फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button