तपाईँ सुन्दै हुनुहुन्छः

नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरू संग परामर्श

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरू संग परामर्श बैठक आयोजना गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले आगामी आर्थिक वर्षका लागि उत्पादन, शिक्षा, रोजगारी र स्वास्थ्यलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट ल्याइने बताउनु भयो । परामर्श बैठकमा नगरपालिकाका इन्जिनियर हिमालय सिंह ऐरले स्थानीय तह निर्वाचन पछि गरिएका कामको विवरण प्रस्तुत गर्नुभएको छ । यसैगरी नगर प्रमुखको सचिवालयका नायव सुब्बा दिनेश भट्टले बैठकमा प्रस्तुत गर्ने विषय प्रस्तुत गर्नुभएको थियोे ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टको अध्यक्षतामा सोमबार आयोजित बैठकमा नगर उपप्रमुख सुशिला चन्द सिंह, प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्ट, पूर्व नगर उपप्रमुख ईश्वरी प्रसाद खरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नगर अध्यक्ष रमेश तिरुवा, नेपाली कांग्रेसका नगर सभापती पदम राज अवस्थी, महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी ९बोक्सर० लगायत बिभिन्न क्षेत्रका प्रतिनिधिहरूक‍ो सहभागिता रहेको प्रेस सल्लाहकार रनि विवसले जानकारी दिनुभएको छ । सहभागीहरुले आआफ्ना सुझाव राखेपछि परामर्श बैठक समापन गरिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button