तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची खानेपानी आयोजना विरुद्ध आन्दोलन गर्ने पाँच जना नियन्त्रणमा

मेलम्ची । मेलम्ची खानेपानी आयोजना विरुद्ध आन्दोलन गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदुर र स्थानीय ठेकेदारहरूले आयोजना विरुद्ध आज आन्दोलन गरेका थिए । उनीहरुलले आजबाट आन्दोलन सुरु गरेका हुन् ।

मेलम्ची खानेपानी आयोजनाको यसअघिको इटालियन ठेकेदार कम्पनी (सीएससी) ले बिचमा नै आयोजनाको काम छाडेर भागेपछि सीएमसीसँग लिनुपर्ने रकम आयोजनाले नै दिनुपर्ने भन्दै मजदुर र स्थानीय ठेकेदारहरू लामो समयदेखि आन्दोलनमा छन् ।

कोरोना भाइरस कोभिड–१९ को महामारीको बेला २५ जनाभन्दा बढी भिड गरी लकडाउनको उलङ्घन गरेको भन्दै प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले आयोजना पीडित उत्तर कुमार श्रेष्ठ, पुरुषोत्तम श्रेष्ठ, बुद्धिकृष्ण लामिछाने, बलराम लामिछाने, राजनलाल श्रेष्ठ गरी तीन जना सप्लार्यस र दुई जना मजदुर गरी पाँच जनालाई नियन्त्रणमा लिएको हो ।

लगातार तीन महिनासम्मको बन्दाबन्दी हुँदा पनि कोरोना भाइरसबाट तत्काल मुक्ति नपाइने विज्ञहरूले सुझाव दिएको र पीडितको मागप्रति खानेपानी मन्त्रालयले देखाएको छलकपटपूर्ण व्यवहारका कारण पीडितहरूले बाँकी रकम भुक्तानीको एक सूत्रीय माग गर्दै आन्दोलन पुन सुचारु गरेका हुन् ।

स्थानीय भेन्डर तथा सप्लायर्सको इटालियन ठेकेदार कम्पनी सिएमसीसँग मजदुर र स्थानीय आपूर्तिकर्ताले एक अर्व ६७ करोड रुपैयाँ लिन बाँकी रहेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button