तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुरामा पहिलो पटक स्टाफ नर्समा कोरोना सङ्क्रमण

डडेलधुरा । डडेलधुरामा पहिलो पटक स्टाफ नर्समा कोरोना सङ्क्रमण देखिएको छ । डडेलधुरामा शनिवार सङ्क्रमण पुष्टि भएका २४ जना मध्ये एक जना स्टाफ नर्स भएको खुलेको छ ।

जिल्ला सदरमुकामस्थित डडेलधुरा अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

अस्पतालमा कार्यरत ३३ वर्षीया स्टाफ नर्समा कोरोना सङ्क्रमण देखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जगदीशचन्द्र विष्टले जानकारी दिनुभयो ।

अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कसरी सङ्क्रमण भएको हो भन्नेबारे खुलेको छैन । ‘दुई जनाको रिपोर्ट प्राप्त भएको छ । दुवैको पोजेटिभ आएको छ । एक जना हाम्रो अस्पतालमा कार्यरत नर्स हुन भने अर्का व्यक्ति चाहिँ नवदुर्गा गाउँपालिकाका हुनुहुन्छ निमित्त मेसु विष्टले बताउनुभयो ।

अस्पतालमा कार्यरत ११ जना चिकित्सक र स्वास्थ्यकर्मीको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button