तपाईँ सुन्दै हुनुहुन्छः

वातावरण संरक्षण गर्न आफैँ जागरुक हुनुपर्ने

काठमाडौं । वातावरण संरक्षण गर्न मानिस आफैँ जागरुक हुनुपर्ने सहभागीले बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्र, नेपालले आज यहाँ आयोजना तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा भएको ‘माननीय स्वास्थ्य र वातावरण अन्तरसम्बन्ध’ विषयक कार्यक्रममा कोभिड–१९ को वातावरण संरक्षण गर्न सकेमात्र मानिसले स्वच्छसँग बाँच्न पाउने बताएका छन् ।

काठमाडाँै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले अहिले कोभिड–१९ को महामारीले वातावरण संरक्षण गर्न सिकाएको बताउनुभयो । उहाँले अहिले बन्दाबन्दी (लकडाउन) ले गर्दा देशभरिको नै वातावरण स्वच्छ रहेकाले अहिलेकै जस्तै वातावरण बनाउन सके मानिसमा कुनै पनि किसिमको रोग नलाग्ने बताउनुभयो ।

कार्यक्रममा काठमाडाँैका जिल्ला प्रमुख अधिकारी जनकराज दाहाल भोलिदेखि जनजीवनलाई सहज बनाउन लकडाउनको स्वरुप परिवर्तन गरिन थालिएको बताउनुभयो । उहाँले सरसफाइ राख्न सकेमात्र कोरोना भाइरसबाट बच्न सकिने भन्दै कुहिने र नकुहिने फोहरलाई अलगअलग व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा महानगरका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले काठमाडाँै उपत्यकामा दैनिक एक हजार १४३ मेट्रिक टन फोहर उत्सर्जन हुने भएकाले त्यसलाई व्यवस्थापन गर्न स्थानीयवासीको अग्रसरता हुनुपर्ने बताउनुभयो । उहाँले काठमाडाँैमा मात्र दैनिक एक हजार राँगाको बध गर्ने भएकाले त्यस्तो बधको अन्त्य गर्न महानगर लागिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा ओम समाज डेन्टल अस्पतालका प्रमुख डा सुवास घिमिरेले दाँत र मुख सफा भए ९० प्रतिशत रोग नलाग्ने बताउनुभयो । वातावरण पत्रकार समूहका पूर्वअध्यक्ष तीर्थ कोइरालाले पत्रकारले नेताका भाषणमात्र नलेखेर वातावरणले पार्ने प्रभावबारे लेख्नुपर्ने बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button