तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको संक्रमणबाट संसारभर ४ लाख ३२ हजार बढीको मृत्यु

काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर कुल संक्रमित मध्ये मृत्यु हुनेको संख्या ४ लाख ३२ हजार भन्दा बढी पुगेको छ ।

विश्वभरीका प्राय सबै राष्ट्रमा प्रमुख स्वास्थ्य समस्याका रुपमा देखा परेकोे कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ७९ लाख ४ हजार नाघिसकेको छ ।

कुल संक्रमित मध्ये ४० लाख ६२ हजार ४ सय भन्दा बढी निको भैसकेका छन ।

विश्वमा कोरोना भाइरसको अत्याधिक मार झेलिरहेको अमेरिकामा हालसम्म २१ लाख ४२ हजार भन्दा बढी संक्रमित भएका छन भने १ लाख १७ हजार ५ सय भन्दा बढीको मृत्यु भैसकेको छ ।

अमेरिकामा रोग निको भएर घर फर्कनेको संख्या ८ लाख ५४ हजार नाघिसकेको छ ।

ब्राजिलमा ८ लाख ५० हजार भन्दा बढी संक्रमित हुदा ४२ हजार ७ सय ९१ जनाको मृत्यु भैसकेको छ ।

रसियामा ५ लाख २८ हजार भन्दा बढी संक्रमित हुदा ६ हजार ९ सय ४८ जनाको मृत्यु भैसकेको छ ।

यस्तै दक्षिण एसियाली राष्ट्र भारतमा ३ लाख २२ हजार भन्दा बढी संक्रमित हुदा ९ हजार २ सय ६ जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button