तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली अस्पतालमा उपचाररत ४ संक्रमित निको नहुँदै डिस्चार्ज

कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली उपप्रादेशिक अस्पतालले कोरोना संक्रमित व्यक्तिहरू मध्ये आइसोलेशनमा भर्ना भएका ४ जनालाई निको नहुँदै घर पठाएको छ ।

स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका बमोजिम १४ दिनसम्म क्वारेन्टीनमा बसेका तर संक्रमित भएपनि कुनै लक्षण नदेखिएका ४ जना व्यक्तिहरूलाई डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले बताउनु भयो ।

संक्रमितहरु बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाले नै १४ दिन कटाएर लक्षण नदेखिएकालाई पठाउन भनेको छ । त्यही अनुसार डिस्चार्ज गरिएको डा. श्रेष्ठले जानकारी दिनुभयो ।

संक्रमित देखिएपछि अस्पतालको आइसोलेसनमा राखिएको तर त्यसपछि उहाँहरूको पीसिआर परीक्षण नगरिएको बताइएको छ । अस्पतालले आइतबार काठमाडौँ कागेश्वरी नगरपालिकाका २ जना, कञ्चनपुरको भीमदत्त नगरपालिका र महाकाली नगरपालिका एकएक जना गरि ४ जनालाई १४ दिन कटेको र कुनै लक्षण पनि नदेखिएको भन्दै डिस्चार्ज गरेको हो ।

उहाँहरूलाई अबको दुई हप्तासम्म होम क्वारेन्टीन तथा आइसोलेशनमा बस्न, अरुसँग घुलमिल नहुन, पौष्टिक खानेकुरा खान र चिकित्सकको नियमित सम्पर्कमा रहन भनी सम्झाई बुझाई घर पठाइएको डा. श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button