तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणका कारण मृत्यु भएका बाराका पाँच वर्षीय बालकको आमा र बुवाको पिसिआर रिपोर्ट नेगेटिभ

बारा । कोरोना सङ्क्रमणका कारण मृत्यु भएका बाराका पाँच वर्षीय बालकको आमा र बुवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

निजगढ नगरपालिका वडा नं.६ का ५ वर्षीय बालकको आमा र बुवाको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको बाराको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।

मृतक बालकसँग सम्पर्कमा आएका एक सय आठ आठ जना व्यक्तिहरूको कोरोना परीक्षण गर्नुपर्ने सूचि बनाइएको छ ।

तत्कालै चेक जाँच गर्दा लक्षण नदेखिने भएकाले जिल्ला जनस्वास्थ्य कार्यालयको सल्लाह बमोजिम ७ ,८ दिनपछि स्वाब कलेक्सन गर्ने कुरा भएको निजगढ नगरपालिकाको नगर प्रमुख सुरेस कुमार खनालले जानकारी दिनुभयो ।

मृतक बालकको उपचार गराइएको निजगढ सामुदायिक अस्पताल र निजगढका स्थानीय दुई वटा क्लिनिक बन्द गरिएको छ ।

बालकलाई अटो रिक्सामा विभिन्न क्लिनिकमा लैजाने चालक चालक, छिमेकी लगायत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्पर्कमा आएका एक सय आठ जनालाई होम क्वारेन्टाईनमा राखिएको छ ।

निजगढ वडा नं.९ स्थित सामुदायिकमा आधारित प्रसूति, शहीद चोकमा रहेको उमङ मेडिकल तथा बजारमा रहेको मोहोम्दी मेडिकलमा उपचार गरिएको बुझिएको छ ।

अहिले बालकले उपचार गरेका सबै सामुदायिक अस्पताल र क्लिनिक बन्द गरिएको निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले जानकारी दिनुभयो ।

निजगढ नगरपालिकाभित्र सञ्चालित सम्पूर्ण पसल तथा व्यवसायहरू (औषधी पसल बाहेक) सरकारी तथा निजी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाहरू, नगरभित्र चल्ने सम्पूर्ण साना तथा ठुला यातायातहरू (बिरामी बोक्ने एम्बुलेन्स बाहेक) पूर्णरुपमा बन्द गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button