तपाईँ सुन्दै हुनुहुन्छः

झापाको कनकाईमा कौडाको खालबाट सात जना पक्राउ

झापा । झापाको कनकाई नगरपालिका–३ स्थित टप्पु टोलमा कौडा खेलिरहेको अवस्थामा नगदसहित सात जना पक्राउ परेका छन् ।

शनिवार विशेष सूचनाको आधारमा प्रहरीले उनीहरूलाई चेतनकुमार प्रसाईँको घरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।

जुवाखालवाट कनकाई–३ का ५३ वर्षीय विष्णु प्रसाद उप्रेती, ४५ वर्षीय लिलु अग्रवाल, ३६ वर्षीय सुरज चुडाल, ४० वर्षीय हरि खरेल, ३१ वर्षीय ओमप्रकाश चापागाईँ, ३८ वर्षीय मान बहादुर श्रेष्ठ र ३५ वर्षीय हरि बहादुर श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट प्रहरीले ७१ हजार १० रुपैयाँ नगद, १६ थान कौडा, पाउडर र गलैँचा समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

पक्राउ परेकाहरूका बारेमा आवश्यक अनुसन्धान भइरहेको डिएसपी रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button