तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा चाप बढेपछि सल्यानको स्वाब हेटौडा पठाइयो

सल्यान । सल्यान शारदा नगरपालिकाका एक सय आठ जनाको स्वाब हेटौडा पठाइएको छ । कर्णाली प्रदेश अस्पतालमा चाप धेरै भएपछि भारतबाट आएका एक सय आठ जनाको स्वाब हेटौडास्थित कोरोना प्रदेश प्रयोगशालामा पठाइएको हो ।

प्रदेश अस्पताल सुर्खेतमा अत्यधिक चाप बढेसँगै हेटौडा पठाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

नगरपालिकाका विभिन्न क्वारेनटाइनमा बसिरहेका नागरिकहरूको स्वाब सङ्कलन गरी हेटौडा पठाइएको नगरपालिकाका मेयर सुरेश अधिकारीले बताउनुभयो ।

यसअघि पनि नगरपालिकाले दुई सय ४२ जनाको स्वाब चितवन पठाएको थियो । दुई चरणमा पठाएका स्वाबको रिर्पोट नेगेटिभ आएको उहाँको भनाई छ ।

नगरपालिकाले भारतबाट आएका सबैलाई सिधै क्वारेनटाइनमा राख्दै आइरहेको छ ।

स्वास्थ्य कार्यालय सल्यानका अनुसार शुक्रवार सम्म जिल्लामा तीन हजार पाँच सय ८३ जनाको स्वाब सङ्कलन गरिएको छ । जसमा एक हजार एक सय ९१ जनाको रिर्पोट नेगेटिभ आएको छ भने एक सय ३६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button