तपाईँ सुन्दै हुनुहुन्छः

म्याग्दीमा डेङ्गु  

गलेश्वर  ।  म्याग्दीमा शुक्रबार थप एक जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि अस्पतालमा उपचारका लागि आएका मङ्गला गाउँपालिका–३ बरङ्जाका ४९ वर्षीय पुरुषलाई डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो ।

बिरामीको ट्राभल हिष्ट्री नभएकाले ग्रामीण क्षेत्रमै डेङ्गु फैलिने एडिस जातको लामखुट्टे सक्रिय रहेकाले सचेत हुनुपर्ने सुवेदीको भनाइ छ ।

योसँगै वैशाख र जेठ महिनामा मङ्गला गाउँपालिकामा चार जनामा डेङ्गु पोजेटिभ देखिएको छ भने जिल्लाभर सङ्क्रमितको सङ्ख्या १४ पुगेको छ ।

बेनी अस्पतालमा छिमेकी जलजला गाउँपालिकाबाट समेत उपचारका लागि आएकी एक वृद्धामा डेङ्गु देखिएको थियो । वैशाख ९ गते पहिलो डेङ्गु सङ्क्रमित अर्मनका १७ वर्षीय युवामा स्क्रब टाइफससमेत पोजेटिभ देखिएको थियो ।

गत वर्ष म्याग्दीमा १२ मा डेङ्गु र एक जनामा स्क्रब टाइफसका देखिएको थियो । डेङ्गु ज्वरो एडिस एजिप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक सरुवा रोग हो । डेङ्गु एक बिरामीबाट अर्को बिरामीमा सजिलै सङ्क्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्छ ।

म्याग्दी देशरभरमै डेङ्गु सङ्क्रमण फैलिने जिल्लामा रुपन्देही पछि दोस्रोमा छ भने गण्डकी प्रदेशका ११ जिल्लामा पहिलो स्थानमा छ । स्वास्थ्य कार्यालयले गरेको सर्वेक्षणमा डेङ्गु सार्ने लामखुट्टे बेनी नगरपालिका र मङ्गला गाउँपालिकामा अत्यधिक भेटिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button