तपाईँ सुन्दै हुनुहुन्छः

कृषि उपजले उचित मूल्य नपाउँदा किसान चिन्तित

नवलपरासी ।  बन्दाबन्दीका कारण नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका किसान कृषि उपजले उचित मूल्य नपाउँदा चिन्तित छन् ।

काठमाडौँ, पोखरा, बुटवललगायत ठूला बजारसम्म उत्पादित तरकारी पुग्न समस्या भएपछि स्थानीय बजारमा सस्तो मूल्यमा तरकारी बिक्री गर्न बाध्य भएको किसानको गुनासो छ ।

“उत्पादित तरकारी स्थानीय बजारमा मात्र खपत भएको छ । जिल्ला बाहिर पठाउन नसक्दा सस्तोमा तरकारी बिक्री गर्नुपरेको छ”, प्रतापपुर – ६ कठहवाका किसान इन्द्रेश कुमार भन्नुहन्छ ।

अहिले किसानका खेतमा करेला, बोडी, भिण्डी, टमाटर, घिरौँला, खुर्सानी, काँक्रो, मुला, फर्सी, लौकालगायत तरकारी किसानका खेतमा तयारी अवस्थामा छन् । उत्पादित कृषि उपजलाई ठूला बजारसम्म पु¥याउन समस्या हुँदा तरकारीले उचित मूल्य नपाएको प्रतापपुर – ६ गुठीप्रसौनीका किसान मनोज कोइरी बताउनुहुन्छ ।

बन्दाबन्दीभन्दा अन्य समयमा व्यापारीले किसानको खेतखेतमा पुगेर उचित मूल्यमा तरकारी खरीद गर्ने गरे पनि अहिले व्यापारी नआउँदा तरकारी खेतमै रहेकाले सस्तोमा बेच्नुपरेको किसानहरुको भनाइ छ ।

बन्दाबन्दीका कारण ठूला बजारसम्म उत्पादित तरकारी पु¥याउन निकै कठिन भएपछि सस्तो मूल्यमा स्थानीय बजारमा बिक्री गरिएको किसान बताउँछन् ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा वार्षिक १० हेक्टर क्षेत्रफलमा करीब ५० मेट्रिक टन तरकारी उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button