तपाईँ सुन्दै हुनुहुन्छः

फौजी किराले मकैबाली सखाप पारेपछि कृषक चिन्तित

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा फौजी किराले मकैका बोट सखाप पारेपछी कृष्कहरु चिन्तित भएका छन्

नगरपालिकाको १ सय ५० भन्दा बढी किसानले खेतमा लगाएको मकैबाली अमेरिकन फौजी किराले खाएर सखाप पारेका चाँदनीका किसान पान्नु भण्डारीले बताउनुभयो ।

फौजी किरा नियन्त्रणका लागि किसानलाई विषादी छर्कने र निदानका उपायबारे सल्लाह सुझाव दिने कार्य भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button