तपाईँ सुन्दै हुनुहुन्छः

क्वारेनटाइन सफा गर्ने दम्पतीमा कोरोना देखिएपछि, गल्याङमा उच्च सतर्कता

स्याङ्जा । पछिल्लो समय स्याङ्जामा कोरोना क्रमसितको सङ्ख्या बढिरहेको अवस्थामा गल्याङमा सरसफाइ गर्ने दम्पत्तीलाई समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले प्रेस विज्ञप्ति जारी गर्दै स्याङ्जामा एकै दिन २२ जना सङ्क्रमित भेटिएका जनाएको छ । तीमध्ये गल्याङमा १८ जना थपिएका छन् । थपिएको १८ जना मध्ये क्वारेनटाइन सफा गर्ने दम्पती रहेका छन् ।

गल्याङ बहुमुखी क्याम्पसको क्वारेनटाइन सरसफाइ गर्ने दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

श्रीमान् श्रीमती नै सरसफाइ गर्दै आएकोमा दुवैमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले प्रदेशले निकालेको सुचीमा पुरुष मात्रै भनेको भए पनि नाम र उमेर भिडाउँदा प्रस्ट भएको जानकारी दिनुभयो ।

गल्याङ-३ का दम्पती वैशाख १२ गतेबाट क्वारेनटाइन सफाइको काम गर्दै आएका थिए । दम्पतीको परिवारमा पाँच जना रहेको बताइएको छ । छोराबुहारी र एउटा बच्चा समेत रहेको र छोराले भरियाको काम गर्दै आएका छन् ।भरियाको रूपमा काम गर्ने छोराले कहाँ कहाँ काम गरेको उनीहरूको पहिचान गर्ने, क्वारेनटाइनका भान्छे, सुरक्षा कर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र पत्रकारहरू सबैको कोरोना परीक्षण गर्ने तयारीमा नगरपालिका रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको टोली कन्ट्रयाक्ट टे«सिङका लागि गल्याङमा पुगेको छ ।

नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै नगर बासीलाई उच्च सतर्क रहन आग्रह गरेको छ । अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै नगरपालिकाले स्वास्थ्य बाहेक नगरपालिकाको सबै काम बन्द गर्ने जनाएको छ ।

त्यस्तै नगरपालिकाले अत्यावश्यक काम बाहेक अन्य पसल बन्द गरी सावधानी अपनाउन नगर बासीलाई आग्रह गरिएको विज्ञप्ति मार्फत जनाएको छ ।

नगरप्रमुख भुपराज अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा थपिएको  सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख छ ।

शुक्रवार पुष्टि भएका सक्रमितहरुको स्वाब ज्येष्ठ २१ गते सङ्कलन गरिएको थियो । सरसफाइ दम्पतीको सम्पर्कमा आएकाहरूको खोजी गर्ने उनीहरूको स्वाब लिने र उनीहरूको परीक्षण छिटो गरी रिर्पोट निकाल्नका लागि  प्रदेशको स्वास्थ्य निर्देशनालयलाई अनुरोध गरिने प्रमुख अधिकारीले बताउनुभयो ।

सङ्क्रमितहरूलाई कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा लगिएको छ ।

शुक्रवार एकै दिन स्याङ्जामा २२ जना सङ्क्रमित थपिएका हुन् । गल्याङ बाहेक वालिङमा दुई र अर्जुन चौतारीमा दुई जनामा सङ्क्रमण देखिएको हो ।

अर्जुनचौपारीको तिन वर्षका बालक र ४१ वर्षीय पुरुष रहेका छन् भने वालिङका ३३ र ३५ वर्षका पुरुषमा सङ्क्रमण देखिएको छ ।

सङ्क्रमित मध्ये २० जना भारतबाट आएर क्वारेनटाइनमा बसेका रहेका थिए ।

वालिङका सङ्क्रमित जेठ १७ र १९ जना, अर्जुन चौतारीका जेठ ११ र १३ तथा गल्याङ्का सङ्क्रमित १३, १४ र १६ गते समूह आएको हुन् ।

योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ६० पुगेको छ भने तिन जना निको भएर घर फर्केका छन् । सङ्क्रमित एक जनाको उपचारको क्रममा निधन भइसकेको छ ।

जिल्लामा अहिलेसम्म भारतबाट आएकामा मात्रै कोरोना सङ्क्रमण देखिएको थियो भने पहिलो पटक यहाँका दुई जनालाई कोरोना देखिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button