तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा एकै नगरपालिकाका आठ जनामा कोरोना सङ्क्रमण

चितवन । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा बुधवार र बिहीबार गरिएको परीक्षणमा आज थप आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।यी सबै माडी नगरपालिकाका रहेको भरतपुर अस्पतालले जनाएको छ ।

सबै ठाउँको गरी एक सय ९७ वटा परीक्षण गरिएको मध्ये आठ जनामा कोरोना सङ्क्रमण भेटिएको हो । अन्य एक सय ८९ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार सङ्क्रमित क्रमशः १९, २५, २७,२७, ३४, ४५, ४७,५१, वर्षका पुरुष रहेका छन् ।

परीक्षण गरिएका नमुनाहरू मध्ये माडीको क्वारेनटिनको ८५ वटा, भरतपुर अस्पतालको २९ वटा, खैरेनी नगरपालिकाबाट ११ वटा, भरतपुर मेडिकल कलेजबाट आठ, चितवन मेडिकल कलेजबाट पाँच वटा, देवघाट तनहुँबाट १५ वटा र राप्ती नगरपालिकाबाट १५ रहेको अस्पतालले जानकारी दिएको छ ।

यसअघि माडीकै छ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button