तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित सङ्ख्या एक सय ९२ पुग्यो

पर्वत । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ९२ पुगेको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार आज बिहान ३७ र दिउँसो थप चार जना गरी ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार स्याङ्जामा २२, पर्वतमा १३, नवलपुरमा पाँच, तनहुँमा एक जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक ९२ पुगेको हो ।

दिउँसो सङ्क्रमण पुष्टि भएकाहरू नवलपुर जिल्लाको हुप्सेकोटका गाउँपालिकाका १८, ३२, ५८ र ५९ वर्षका पुरुष रहेको स्वास्थ्य निर्देशक डा. विनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।

सङ्क्रमितहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा ल्याउने कार्य भइरहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।

अहिलेसम्म सबैभन्दा बढी स्याङ्जामा ६० जना, नवलपुरमा ४२ जना, बागलुङमा ४० जना, पर्वतमा २२ जना, गोरखामा १५ जना, कास्कीमा पाँच जना, तनहुँमा चार जना, म्याग्दीमा तीन जना र लमजुङमा एक जना सङ्क्रमित भएका छन् ।

११ जिल्ला रहेको गण्डकी प्रदेशमा नौ जिल्लामा सङ्क्रमण फैलिसकेको छ भने मुस्ताङ र मनाङ जिल्लामा अहिलेसम्म कोरोनाका सङ्क्रमण फैलिएको छैन ।

यसैबिच पर्वतमा सङ्क्रमण देखिएका १२ जनालाई पर्वत कोरोना अस्पतालको आईसालेसनमा भर्ना गरिएको छ ।

अर्का एक जना सङ्क्रमित भने दुर्घटनामा घाइते भएको हुनाले मणिपाल अस्पताल पोखरामा उपचार गराइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button