तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरको मनहरी गाउँपालिका–३ का वडाध्यक्ष स्याङतानको निधन

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मान बहादुर स्याङतानको निधन भएको छ । क्यान्सर रोगबाट ग्रसित स्याङतानको उपचारका क्रममा बिहीबार साँझ चितवन मेडिकल कलेजमा निधन भएको हो ।

कलेजोको क्यान्सर रोगबाट ग्रसित स्याङ्तानको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहीबार साँझ निधन भएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । उहाँको निधनले गाउँपालिकालाई निकै ठुलो क्षति पुगेको उहाँले बताउनुभयो ।

नेकपा मनहरी गाउँपालिकाका सचिवालय सदस्य तथा तत्कालीन हाँडिखोला गाविसका निर्वाचित गाविस उपाध्यक्ष रहनुभएका स्यांङ्तानको शव हिजै बेलुका मनहरी ल्याइएको छ ।

नेकपा मनहरी गाउँपालिका कमिटीले उहाँको पार्थिव शरीरमा आज बिहान ८ बजे देखि ९ बजेसम्म श्रद्धाञ्जली शभाको आयोजना गरेको छ ।

उहाँको आजै अन्त्येष्टि गरिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button