तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ मा स्वाबको संकलन गर्ने काम रोकियो


जनकपुरधाम । प्रदेश नंं २ को विभिन्न जिल्लाहरुमा गरेको स्वावको मध्ये आधा जतिको परीक्षण परिणाम नआएका कारणले नयाँ स्वावको संकलन गर्ने काम रोकिएको छ ।

प्रदेश नंं २ का सरकारले विभिन्न क्वारेन्टाईनमा रहेका र संकास्पद व्यक्तिहरुको संकलन गरिएको स्वाव मध्ये आधाको परिणाम आउन नसकेको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश नंं २ मा हालसम्म ३० हजार ५ सय ४३ जनाको स्वावको संकलन गरेकोमा १५ हजार ९९ सय जनाको स्वावको परिणामा आजको मितिसम्म नआएको प्रदेश नंं २ का स्वास्थ्य निर्देशनालयका उप निर्देशक एवं बरिष्ठ स्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिनुभएको छ ।

प्रदेश नंं २ का मा आजको मितिसम्ममा १ हजार ६ सय २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसै गरि १३ हजार ८ सय ४२ जनाको नेगेटिभ परिणाम आएको छ ।

अहिले प्रदेश नंं २ को विभिन्न क्वारेन्टाईनमा १८ हजार ८ सय ९४ रहेका छन् भने होम क्वारेन्टाईनमा ८ हजार ८ सय १२ जना रहेको वेलामा स्वाव परीक्षणमा भएको ढिलाईका कारणले हालका लागि स्वावको संकलन गर्ने काम रोकिएको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रायका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भयो ।

यसै गरि प्रदेश नंं २ को विभिन्न आईसोलेशनमा ७ सय १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसै गरि प्रदेश नंं २ मा १३ हजार ७ सय १६ जना आरडिटी टेष्ट गरेकोमा ६ सय ३९ जनामा कोरोना पोजेटिभ परिणामा देखिएको छ ।

स्वावको परीक्षणमा भएको ढिलाईका कारणले स्वावको संकलन रोकिएपछि क्वारेन्टाईनमा वसेकाहरु निक्कै अप्ठयारोमा परेका छन् । प्रदेश सरकारले पनि थप ४ वटा पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button