तपाईँ सुन्दै हुनुहुन्छः

लक डाउनका बीचमा उच्च सतर्कता सहित सेवा प्रवाह, जनजीवन सामान्य बन्दै

जनकपुरधाम । धनुषा जिल्लाका सरकारी कार्यालय तथा बजारहरु लक डाउनका बीचमा कार्यालयहरुले सेवा दिएपछि जनकपुरधामका जनजीवन सामान्य बन्न थालेको छ ।

सरकारी कार्यालयहरुमा आउने सेवाग्राहीको प्रवेशद्वारमा नै शारीरिक तापक्रम नापेर मात्र भित्र प्रवेश गर्न दिईएको छ । यसै गरि कार्यालयमा प्रवेश गरेपछि कतिपय कार्यालयहरुमा सेनिटाईजर पनि दिईएको छ ।

यसै गरि सेवाग्राहीलाई निश्चित दूरी कायम गरेर सेवा लिनका लागि लाम तथा घेरा वेराको व्यवस्था गरिईएको छ । यसै गरि सेवा लिने विन्दुमा पुग्नका लागि एक एक गरेर प्रवेश गर्न दिईएको छ ।

जनकपुरधामको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालयमा कोरोनावाट जोगिनका लागि गरिएको व्यवस्था निक्कै उत्कृष्ट रहेको छ । यसै गरि अन्य सरकारी कार्यालयहरुमा पनि ज्वरो नाप्ने कामकाज भईरहेको छ ।

धनुषाको मालपोत तथा नापी, जिल्ला प्रशासन सहितको कार्यालयहरुमा पनि आवश्यक कामकाज शुरु भईसकेको छ । यसै गरि जनकपुरधामको बजार क्षेत्र पनि खुल्ला भएको छ । बजार खुलेपछि सर्वसाधारणको चहल पहल पनि बढेको छ । पसलहरुमा कोरोना महामारीवाट जोगिनका लागि सुरक्षा सतर्कता अपनाउने कामकाज भईरहेको छ ।

यसै गरि जनकपुरधाम सहित धनुषाको वित्तिय संस्थाहरुमा पनि कोरोनाको जोखिमलाई ध्यानमा राखेर उच्च सुरक्षा सतर्कता सहित सेवा दिईरहेको छ । यसका बाबजूद कतिपय वैंक तथा वित्तिय संस्थामा राम्रोसंग व्यवस्थापन नगरेका कारणले कोरोनाको जोखिम रहेको छ ।

नेपाल सरकारले आज देखि लक डाउन खुकुलो बनाएपछि केही सेवाहरु शुचारु भएपछि चहल पहल अझै बढेको छ । अहिले पनि कोरोनाको जोखिम रहेका कारणले उच्च सतर्कता सहित सेवा दिनका लागि प्रदेश नंं २ का स्वास्थ्य निर्देशनालयले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button