तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनको सदुपयोग गर्दै बाटो निर्माण

सप्तरी । लकडाउनको समयलाई सदुपयोग गर्दै सप्तरीको राजबिराज २ राजदेबी टोलका स्थानियहरूले १० लाखको लागत तथा श्रमदानबाट बाटो निर्माण गरेका छन् ।

राजदेबी माबि जाने बाटोदेखि उत्तर पुर्व देवनारायण झाको घर हुँदै जाने २ सय ५० मिटरको बाटोमा माटो, ग्राभेलको कार्य गरिएको हो ।

वर्षौदेखि स्थानियहरु आली भएर आवत–जावत गर्नुपर्ने बाध्यता रहेकोमा त्यहाँका ११ जना घरपरिवारका सदस्यहरूले आप्mनो श्रमदानवाट सो बाटो निर्माण गरेका हुन ।
तीन बर्षदेखि राजबिराज नगरपालिका र वडा कार्यालयलाई बाटो निर्माणका लागी स्थानियहरूले पटक पटक आग्रह गरेपनि बाटो निर्माणका लागि ध्यान नदिएपछि श्रमदानवाट बाटो निर्माण गरिएको स्थानियले बताउछन ।

राजनीतिक प्रतिषोधका कारण यस बस्तीमा बिकारको योजना नपरेको स्थानिय देव नारायण झाले आरोप लगाउँदै भन्नु भयो “ईच्छा शक्ति भए असम्भवलाई पनि सम्भव बनाउन सकिन्छ ।”

स्थानिय देबकुमार यादब, देव नारायण झाको घरदेखि उदयकान्त झा, दुःखन यादबलगायत बिनोद मण्डलको घरसम्मको दुई सय ५० मिटरको बाटो निर्माण गर्न दुई महिना समय लागेको स्थानियबासीले बताएका छन् ।

बाटो निर्माणका लागि श्रमदान सँगै आवश्यक उपकरण र माटो ढुवानीका लागि प्रयोग गरिने ट्«याक्टरको भाडा खर्च आदी जुटाउन स्थानियसग चन्दा संकलन समेत गरेर बाटो निर्माण कार्य गरेको स्थानिय उदयकान्त झाको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button