तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा पहिलो सङ्क्रमितको थप परीक्षण नगरी १५औँ दिनमा डिस्चार्ज

डोटी । डोटीका पहिलो सङ्क्रमित युवकलाई थप परीक्षण नगरी १५औँ दिनमा घर पठाइएको छ ।

शिखर नगरपालिका–३ का २५ वर्षीय युवामा जेठ १९ गते कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । त्यसअघि उहाँका छोरामा स्वास्थ्य समस्या देखिएपछि श्रीमती र छोरासहित जिल्ला अस्पताल डोटीको आइसोलेसनमा राखेर ‘थ्रोट स्वाब’ लिएर पीसीआर परीक्षण गरिएको थियो ।

जसमा छोरा र श्रीमतीको नतिजा नेगेटिभ देखिदा उनमा सङ्क्रमण पुष्टि भएको थियो । छोरा र श्रीमतीमा दोस्रो पटक पनि परीक्षण गर्दा नेगेटिभ आएपछि उनीहरूलाई यसअघि नै अस्पतालले डिस्चार्ज गरिसकेको थियो ।

आज उहाँमा पनि सङ्क्रमणको पुष्टिपछि कुनै लक्षण नदेखिएकोले ‘आइसोलेसन व्यवस्थापन सम्बन्धी राष्ट्रिय निर्देशिका’को व्यवस्था अनुसार डिस्चार्ज गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

१५ दिन अगाडीको थ्रोट स्वाब सङ्कलनमा नतिजा पोजेटिभ देखिए पनि त्यसयता कुनै लक्षण नदेखिएको र निर्देशिका बमोजिम नै डिस्चार्ज गरिएको अस्पतालका कोभिड–१९ फोकल पर्शन डा.उत्तम उपाध्यायले बताउनुभयो ।

त्यसपछि उहाँको थप पीसीआर परीक्षण भने नभएको उपाध्यायले बताउनुभयो ।

डोटीमा थप पाँच जना अन्य सङ्क्रमित छन् । जसमध्ये पूर्वी चौकी गाउँपालिका–७ का २५ र २३ वर्षीय सङ्क्रमित जिल्ला अस्पतालको आइसोलेसनमा रहँदा सोही गाउँपालिका अन्य तीन जना गाउँकै क्वारेन्टीनमा आईसोलेट गरिएको छ ।

चार जना डोटीका सङ्क्रमित कैलालीको आइसोलेसनमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button