तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या दुई सय ९५ पुग्यो

नेपालगन्ज  । बाँकेमा आज थप १३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा कोहलपुरका एक जना , राप्तीसोनारीका छ जना , बजैनाथका चार  जना र खजुराका दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।

अस्पतालका अनुसार कोहलपुर नगरपालिका २ का १९ वर्षीय पुरुष, खजुरा १ र ७ का ३७ र १८ वर्षीय पुरुष, राप्तीसोनारी ७ का २२ वर्षीय एक महिलासहित २०, २२, २३ र २४ वर्षका पुरुष, राप्तीसोनारी ६ का १७ वर्षीय पुरुष र बजैनाथ ३ का २२, २२, २४ एक जना उमेर नखुलेका गरी ४ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ९५ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button