तपाईँ सुन्दै हुनुहुन्छः

‘पूर्व तयारीका कारण संक्रमितको उपचार, व्यवस्थापन र रोकथाममा सहजता’

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले पुर्व तयारी गरेका कारण कोरोना सक्रमितको उपचार व्यवस्थापन तथा रोकथाममा सहज भएको बताउनु भएको छ ।

प्रदेश न १ को आगामी वर्षको नितितथा कार्यक्रममा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको विषयमा आज संदनमा सम्बोधन गर्नुहुदै उहाँले उचित समयमा कोभिड अस्पताल, क्वारेन्टाइन तथा आइसोलेसनको वेडको व्यवस्था गरेका कारण संक्रमितहरुको उपचार सहज भएको प्रष्ट पार्नुभयो ।

उहाँले प्रदेशमा प्रयोगशाला स्थापना गरेर अहिले दैनिक एक हजारको शख्यमा स्वाव परिक्षण गर्ने व्यवस्था मिलाएको उल्लेख गर्नुहुदै केहि दिन भित्र प्रदेशमा ५० हजारभन्दा वढिको स्वाव परिक्षण गर्ने गरि व्यवस्था मिलाइएको बताउनुभयो । कोभिड–१९ को नियन्त्रण र रोकथाममा दलहरुको साझा सहयोग रहेको उहाले वताउनुभयो ।

मुख्यमन्त्री राईले प्रदेश सरकारको आगामी बजेटमा कृषि र स्वास्थ्यलाई मुख्य प्राथमिकता दिने उल्लेख गर्नुभयो । उहाले बाहिरवाट आउने युवाहरुलाई लक्षित गरेर कृषि उत्तपादन वढाउन सरकारले विभिन्न योजना ल्याउन लागेको वताउनुभयो ।

उहाँले आगामी बजेटमा विकास निमार्णका पुर्वाधार देखी प्रदेश न १ जडिवुटी जोन कार्यक्रम लन्च गर्नेदेखी पर्यटयिक पुर्वाधार निमार्णका कामलाई समेत अघि वढाइने प्रष्ट पार्नुभयो । उहाले आगामी वर्षमा प्रदेशका उपयुक्त संरचना हरु समेत निमार्ण हुने उल्लेख गर्नुभयो ।

यसैबीच प्रदेश नं.१ प्रदेश सभाको बसेको बैठकले ‘प्रदेश सरकारको तर्फबाट प्रदेश सभामा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम’ बहुमतले आज पारित भएको छ ।

प्रदेश सभा नियमावल, २०७४ को नियम ३८(३) बमोजिमा आर्थिक वर्ष २०७७/७८ को लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले जेठ २३ गते अपरान्ह सदनमा पेश गर्नुभएको थियो भने तीनको छलफलमा ५२ जना सदस्यहरुले भाग लिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button