तपाईँ सुन्दै हुनुहुन्छः

क्वारेन्टाइन र परीक्षणलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड

राष्ट्रिय सभाको आजको बैठकको शुन्य र विशेष समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा सांसदहरुले सरकारले कोरोनाको नियन्त्रणका लागि गरेको पहल अझै प्रयाप्त नभएकोले थप प्रधावकारी बनाउनु पर्ने, क्वारेन्टाइन र परीक्षणलाई थप प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिनु भएको थियो ।

सांसदहरुले अछाममा एक जना स्वाथ्यकर्मीले आत्मदाह गरेको बारेमा सम्बन्धित अस्पताललाई कार्वाही गर्नुपर्ने, चौरजहारी घटनाका पीडितहरुलाई राहत उपलब्ध गराउनु पर्ने, रुपन्देहीको तिलोत्तमामा भएको घटनाको अनुसन्धान गरी पीडितलाई राहत दिनुपर्ने, लकडाउनको कारण जनता र सरकारको बीचमा दुरी बढन थालेकोले त्यसतर्फ सरकारले समयमा नै ध्यान दिनु पर्नेमा सरकारको ध्यानाकार्षण गराउनु भएको थियो ।

बैठकमा सांसदहरुले कोरोनाको नियन्त्रणका लागि सरकारले गरेको खर्च पारदर्शी हुनु पर्ने, लकडाउनको बेला हत्या, बलात्कार र आत्महत्याका घटना बढेकोले त्यसको नियन्त्रणका लागि पहल गर्नु पर्ने, क्वारेन्टाइनमा रहेका सुत्केरी महिलालाई छुट्टै व्यवस्था गर्नु पर्ने र देशभर दलितहरु माथि भएका घटनाहरुको छानविन गरी दोषीलाई कार्वाही गर्नु पर्ने लगायतका विषयमा सरकारको ध्यानकर्षण गराउनु भएको थियो ।

राष्ट्रिय सभाको आजको बैठकले संविधिान सभाका सदस्य एव पूर्व उद्योग वाणिज्य तथा आपूर्ती राज्यमन्त्री मेघराज निसादको निधनप्रति गहिरो दुख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । बैठकमा स्वर्गीय निसादको निधनप्रति एक मिनेट मौन धारणा गरिएको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक जेठ २९ गते बिहिवार दिनको एक बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button