तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु

अत्तरिया कैलाली । कैलालीको बर्दगोरीया गाउँपालिकामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

ना ७ ख ९३० नम्बरको बसले ठक्कर दिँदा स्थानीय २५ वर्षिया सरस्वती कुमारी उपाध्यायको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते उपाध्यायको उपचारको क्रममा मृत्यु भएको हो ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button