तपाईँ सुन्दै हुनुहुन्छः

युएनडिपी नेपालद्वारा जीविका सुधार कार्यक्रम सुरु

काठमाडौँ । नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीले कमजोर र जोखिमयुक्त समुदायलाई लक्षित गरी कोरोना भाइरस महामारीसँग लड्न जीविका सुधार कार्यक्रम सुरु गरेको छ ।

स्थानीय सरकारसँगको साझेदारी कार्यक्रम अन्तर्गतको पहिलो चरणमा दैनिक ज्यालादारी र आप्रवासी कामदार गरी दुई हजारभन्दा बढी महिला र पुरुषलाई रोजगारी दिइने छ ।

यसै गरी कार्यक्रम अन्तर्गत छ सयभन्दा बढी साना उद्योगहरू खोल्न सिप र प्रविधिमा सहयोग पनि प्रदान गरिने जनाइएको छ ।

उक्त परियोजना सुदूरपश्चिम, कर्णाली, बाग्मती र गण्डकी प्रदेशका कोरोना भाइरसबाट बढी प्रभावित ठाँउहरुमा सञ्चालनमा ल्याइने राष्ट्र सङ्घको विकास कार्यक्रमले जनाएको छ ।

कार्यक्रम अन्तर्गत पुनर्स्थापना, पूर्वाधार निर्माण, समुदायको सशक्तीकरण, सिँचाई , खानेपानी र ग्रामीण सडक लगायतलाई प्राथमिकता दिएको राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button