तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा थपिए १२ जना कोरोना सङ्क्रमित, सङ्क्रमितको सङ्ख्या एक सय ३६ पुग्यो

सल्यान । सल्यानमा १२ जना कोरोना सङ्क्रमित थपिएका छन् । मङ्गलवार प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १२ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो ।

कोरोना पुष्टि भएका सबै बनगाड कुपिण्डे नगरपालिका रहेका छन् । योसँगै बनगाड कुपिण्डे नगरपालिकामा सङ्क्रमितको सङ्ख्या एक सय २४ पुगेको छ ।

मङ्गलवार सङ्क्रमित हुनेहरूमा बनगाड कुपिण्डे नगरपालिका वडा न ३ का २४, २५ र २६ वर्षका पुरुष, वडा न ४ का १७, २०, २०, २५, २६, २८ र ३० वर्षका पुरुष, वडा न ५ का २२ र वडा न ८ का १८ वर्षका पुरुष रहेका छन् ।

मङ्गलवार १२ सङ्क्रमित थपिएसँगै सल्यानमा सङ्क्रमितको सङ्ख्या एक सय ३६ पुगेको छ ।
बनगाड कुपिण्डे नगरपालिकामा एक सय २४, दार्मा गाउँपालिकामा नौ, कुमाख गाउँपालिकामा दुई र कपुरकोट गाउँपालिकामा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमित मध्ये १३ जना प्रदेश अस्पताल सुर्खेत, १२ जना सल्यान अस्पताल र ९६ जनाको लुहापिङस्थित सल्यान बहुमुखी क्याम्पसको आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button