तपाईँ सुन्दै हुनुहुन्छः

बुढिगंगा नगरपालिकाले पिसिआर मेसिन खरिद गर्दै

बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाले पीसीआर मेसिन खरिदका लागि ३० लाख बजेट विनियोजन गरेको छ।

पीसीआर जाँच समस्या कै कारण सर्वसाधारणले सास्ती भोग्नु परेको र कोरोना सङ्क्रमणले थप जोखिम निम्त्याउने भएपछि जिल्लामै जाँचका लागि मेसिन खरिद गर्न लागिएको हो।

कार्यपालिकाको बैठकले असार पहिलो साताभित्र मेसिन खरिद गरिसक्ने गरी बजेट विनियोजन गरेको नगर प्रवक्ता माया शाहले जानकारी दिनुभयो।

नगर प्रमुख दीपक विक्रम शाहको अध्यक्षतामा बसेको बैठकले मेसिन खरिद र व्यवस्थापनको जिम्मा जिल्ला अस्पताल बाजुरालाई दिने निर्णय समेत गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button