तपाईँ सुन्दै हुनुहुन्छः

‘शिक्षाको महत्त्वपूर्ण दायित्वबाट सरकारपछि नहट्ने’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेले शिक्षाको महत्त्वपूर्ण दायित्वबाट सरकारपछि नहट्ने स्पष्ट पार्नु भएको छ ।

विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै शिक्षा मन्त्री पोखरेलले सामाजिक उत्तरदायित्व अन्तर्गत निजी विद्यालयले गर्ने सहयोगलाई कोषमार्फत सार्वजनिक विद्यालयको भौतिक विकासमा खर्च भने गर्न सकिने जानकारी दिनुभयो ।

मन्त्री पोखरेलले कोभिड–१९ ले परम्परागत शिक्षा क्षेत्रको विकल्पमा प्राप्त भएको अवसरलाई सरकारले अधिकतम प्रयोग गर्ने बताउनुभयो ।

उहाँले शैक्षिक वर्षलाई क्षति हुन नदिने तर्फ सरकार संवेदनशील रहेको जानकारी दिनुहुँदै अन्योलमा भएका परीक्षाहरू केही ढिलाइ गरेर भए पनि लिने र वैकल्पिक माध्यमबाट शिक्षा प्रणालीलाई सुचारु गरिने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button