तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा अलपत्र परेका १० जनालाई जुम्ला पठाइयो

मकवानपुर । हेटौँडामा अलपत्र परेका जुम्लाका १० जनालाई जुम्ला पठाइएको छ ।

व्यापारका सिलसिलामा हेटौँडा आइपुगेका उनीहरूलाई सोमबार मकवानपुर उद्योग वाणिज्य सङ्घको समन्वयमा जुम्ला पठाइएको हो ।

व्यापारको क्रममा लकडाउनअघि नै हेटौँडा आइपुगेका जुम्लाका नागरिकलाई त्यसतर्फ पठाइएको मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार हेटौँडाबाट सुर्खेतसम्म पुग्ने गरी एउटा सुमोमा पठाइएको र सुर्खेतबाट पनि त्यहाँको उद्योग वाणिज्य सङ्घको समन्वयमा जुम्ला पठाइनेछ ।

तीन जना बालबालिकासहित १० जना व्यक्ति दुई वटा परिवारको भएको सङ्घले जनाएको छ ।
लकडाउनका कारण समस्यामा परेपछि उनीहरूलाई स्थानीय सङ्घ, संस्थाको साथ र सहयोगमा उद्धार गरी पठाइएको अध्यक्ष कटुवालले बताउनुभयो ।

हेटौँडाका दुई वटा नारायणी यातायात व्यवसायी सङ्घले सुमोको व्यवस्था गरिदिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button