तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा आइसोलेसन केन्द्रबाट एक जना कोरोना सङ्क्रमित भागे

नेपालगन्ज । बाँकेमा आइसोलेसन केन्द्रबाट एक जना कोरोना सङ्क्रमित भागेका छन् ।

जानकी गाउँपालिकाको वडा नम्बर १ जोगागाउँस्थित श्री माध्यमिक विद्यालयमा बनाइएको आइसोलेसन केन्द्रबाट नेपालगन्ज उपमहानगरपालिका १२ का ३५ वर्षीय पुरुष बिहान ४ बजेतिर भागेको प्रहरीले जनाएको छ ।

भारतीय सीमावर्ती क्षेत्र भएकाले उनी भारततिर भागेको हुनसक्ने अनुमान गरिएको छ ।

उनको खोजी भइरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button