तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा थप २० जनामा कारोना पुष्टि


रुपन्देही । रुपन्देहीमा थप २० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार राती लुम्बिनी सांस्कृतिक नगरपालिकाका १८ र मायादेवि गाउँपालिकाका २ गरि २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

कार्यालयका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकाका १७ देखि ४५ बर्ष उमेर समुहका १७ जना पुरुष र ३४ बर्षिय १ महिला गरि १८ जना संक्रमीत थपिएका हुन् । त्यसैगरी मायादेवी गाउँपालिकाका १२ बर्षका एकजना बालक र ३५ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यसअघि सोमबार दिउसो तिलोत्तमा नगरपालिकामा तिनजनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यो संगै रूपन्देहिमा संक्रमितको संख्या १ सय ३९ पुगेको छ । जसमध्ये ४१ जना कोरोना जितेर घर फर्केका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button