तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा फेरि ८ जना संक्रमित थपिए

नेपालगन्ज । बाँकेमा फेरि ८ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा आज गरिएको परिक्षणमा खजुरा गाउँपालिकाकाको वडा नम्बर २, ३, ४ र ५ का दुई महिला र ३ पुरुष तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४, १३ र २० का तीन जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यसअघि आजै दिउँसो जानकी गाउँपालिका ४ का एकजना पुरुषमा संक्रमण पुष्टि भएको थियो । त्यस्तै भेरी अस्पतालमै गरिएको परिक्षणमा बर्दिया मधुवन नगरपालिका वडा नम्बर ६ का थप एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

आजै दिउँसो बर्दियाका १८ जनामा संक्रमण देखिएको थियो । भेरी अस्पतालमा गरिएको परिक्षणमा आज मात्रै बाँके र बर्दियाका २९ जना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button