तपाईँ सुन्दै हुनुहुन्छः

शरीरमा आगो लगाएका अस्पतालका अवकास प्राप्त कर्मचारीको निधन

अछाम । पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका अछामको वयालपाटा अस्पतालका अवकास प्राप्त कर्मचारीको उपचारको क्रममा ज्यान गएको छ ।

आज सोमबार बिहान अस्पताल प्रांगणमा आत्मदाहको प्रयास गरेका साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका २७ बर्षिय सिद्धार्थ आउजीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा ज्यान गएको खवर प्राप्त भएको अछाम प्रहरी प्रवक्ता रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

२ बर्ष देखि अस्पतलको सरसफाइ कर्मचारी रहेका उनलाई अस्पताल प्रशासनले करार सम्झौता नविकरण नगर्ने जानकारी दिए पछि डिप्रेसनमा पुगेका बताईएको छ । उनको अनुहार र शरीरका अन्य भागमा आगोले जलि घाईते भएको अवस्थामा जिल्ला प्रशाशन कार्यालय र जिल्ला अस्पतालको पहलमा सिम्रिक एयरको हेलिकप्टरबाट कोहलपुर लगिएको थियो । अस्पतालले हटाएका ३३ जना कर्मचारीमा आउजी चर्पी सफा गर्ने कर्मचारी थिए ।

अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई अस्पतालले करार अवधि थप गरेको थिएन । करार सकिन दुई महिना अगाडि नै अस्पतालले हटाएको चिठी दिएपछि सिद्धार्थ तनावमा रहेको हटाइएका अर्का कर्मचारी विशाल पण्डितले बताउनु भयो ।

हेलिकप्टरबाट कोहोलपुर मेडिकल कलेज नेपालगञ्ज लागिएको भएपनी स्वास्थ्यकर्मीले खासै ध्यान नदिएको उनि सँगै रहेका मिन बोहोराले जानकारी दिनु भयो ।

अस्पतालले केही दिन अघि विज्ञप्तिमार्फत आर्थिक जटिलता बेहोर्नु परेको कारण दुई महिनाको अग्रीम सुचना दिएर नेपालको श्रम ऐन २०७४ को श्रमिक कटौतीको प्रावधान अनुसार आउने आर्थिक वर्षका लागि केही कर्मचारीको करार नविकरण नहुने कुरा जानकारी गराएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button