तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा १ सय १५ वेडको होल्डिङ एरिया निर्माण

भोजपुर । भोजपुरको अरुण गाउँपालिकामा भारतसंगै अन्य विभिन्न ठाँउबाट उद्धार गरिएका नागरिकलाई राख्न होल्डिङ एरिया निर्माण सम्पन्न भएको छ । जिल्लाका नौ वटा स्थानीय तहको आर्थिक सहयोग र नेपाली सेनाको प्राविधिक संगै जनशक्तिको सहयोगमा सुविधा सहित व्यवस्थित होल्डिङ एरिया निर्माण गरिएको हो ।

जिल्लामा कोरोना संक्रमण फैलिन नदिन भारत तथा अन्य ठाउँबाट आएका नागरिलाई राख्नको लागि सविधायुक्त होल्डिङ एरिया निर्माण गरिएको हो । अरुण गाउँपालिकाको सिमटारमा ८० र रानीटारमा ३५ गरि १ सय १५ वेड क्षमताको क्वारेन्टिन निर्माण गरिएको हो । भोजपुरबासीलाई उद्धार गरेर बस्ती भन्दा केहि पर होल्डिङ एरिया बनाएर आवश्यक सुरक्षा सहित राख्ने ब्यवस्था मिलाइएको जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काले बताउनु भयो ।

होल्डिङ एरिया निर्माणको लागि नेपाल रेडक्रस सोसाईटी भोजपुर शाखाले १५० थान पाल, १०० थान कम्वलसंगै अन्य विभिन्न खाले सहयोग गरेको नेपाल रेडक्रस सोसाईटी भोजपुरका शाखका सभापती तुल बहादुर शुव्वाले बताउनु भयो । निर्माणको लागि आर्थिक सहयोग जिल्लाका स्थानीय तहहरुले गरेक छन् भने निर्माणको लागि जनशक्तिसंगै प्राविधिक सहयोग नेपाली सेनाको फैस्ट रैफल गण भोजपुरले गरेको छ ।

होल्डिङ एरियामा बसेकाहरुलाई पानी, बत्तीसंगै सुरक्षाको व्यवस्था मिलाइएको छ । सिमटारमा रहेको होल्डिङ एरियालाई संक्रमितको संख्या बढेमा थप सुविधा विस्तार गरेर आइसोलेसन वार्ड निर्माण समेत गर्न सकिने प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताउनु भयो । होल्डिङ एरियामा भारतबाट ल्याएर ४० जना राखिएकोमा ५ जनामा कोरोना पुष्टि भएको थियो ।

अहिले सो स्थानमा पुनः दोश्रो चरण आएका ३७ जना रहेका छन् । उनीहरुको पनि स्वाब संकलन गरेर पठाइएको छ । क्वारेन्टाइन सहितको होल्डिङ एरिया निर्माण गर्न जिल्लाका सात ओटा गाउँपालिकाले रु. .तीन–तीन लाख र दुई ओटा नगरपालिकाले रु. चार लाख ५० हजार चार लाख ५० हजार विनियोजन गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button