तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकारद्वारा नारायणी अस्पताललाई आरडिटी किट प्रदान

वीरगञ्ज । कोरोना रोकथाम तथा नियन्त्रणका लागी प्रदेश २ सरकारले नारायणी अस्पताललाई कोभिड १९ चेकजाचमा अभाव हुन नदिन १८ सय ५० पिस आरडिटी किट प्रदान गरेको छ ।

आरडिटी किट सहित नारायणी अस्पताल पुगेर प्रदेश २ सरकारका अर्थ राज्य मन्त्री उषा देवी यादवले नारायणी अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट विरेन्द्र बहादुर प्रधानलाई आरडिटी किट हस्तान्तरण गर्नु भएको छ ।

नारायणी अस्पतालमा किट अभावले कोरोना भाइरस चेकजाँच बन्द भएको खबर पश्चात् प्रदेश २ सरकारले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस बाट बचाउ तथा रोकथामका लागी चेकजाचमा कुनै कमी हुन नदिन १८ सय ५० वटा आरडिटी किट प्रदान गरिएको प्रदेश २ सरकारका अर्थ राज्य मन्त्री उषा देवी यादवले बताउनु भयो ।

हस्तान्तरण कार्यक्रममा प्रदेश २ का अर्थ राज्यमन्त्री उषा देवी यादव तथा संघिय सांसद प्रदिप यादवले मध्यतराईमा कोरोना संक्रमण बढदै गएको हुँदा नारायणी अस्पताललाई थप एक थान पिसीआर मेशिन तथा करिब ८ हजार पीस भिटिएम उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ ।

यसैबिच आजै बीरगन्जका उद्योगी ब्यपारीहरुसँग सम्पन्न छलफलमा वीरगञ्जमा पिसीआर मेशिनको आवश्यक्ता महशुस गरिएको हुनाले मेसिन खरिद प्रक्रिया तत्काल अगाडी बढाईने प्रदेश राज्यमन्त्री उषा देवीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button