तपाईँ सुन्दै हुनुहुन्छः

धादिङमा एकैदिन १६ जनामा कोरोना संक्रमण

धादिङ | धादिङमा एकै दिन १६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमित पुष्टि भएको छ । भारतबाट उद्धार गरि नीलकण्ठ नगरपालिकाको व्यवस्थापन गरेको नीलकण्ठ माविको क्वारेन्टिनमा बस्दै आएकाहरुमा संक्रमण भेटिएको हो ।

क्वारेन्टिनमा बस्दै आएकाहरुको आरडिटीमा पोेजेटिभ देखिएपछि स्वाव संकलन गरी जेठ २४ गते किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा पठाइएको थियो । सोमबार रिपोट पोजेटिभ आएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विकले जानकारी दिए ।

धादिङमा कोरोना संक्रमितको संख्या २२ जना पुगेको छ । जिल्लामा यसअघि कोरोना संक्रमित नेत्रावती डवजोङ गाउँपालिका वडा नं ३ का पुरुष, गल्छी गाउँपालिका वडा नं ८ की ३० वर्षीय महिला, थाक्रे गाउँपालिका वडा नं ७ का ४१ वर्षीय पुरुष निको भएर घर फर्किसकेका छन् । धुनीबेसी नगरपालिका वडा नं ३ की २३ वर्षीय महिला, सिद्धलेक गाउँपालिका वडा नं ५ की २३ वर्षीय महिला र नीलकण्ठ नगरपालिका वडा नं ७ का ३३ वर्षीय पुरुष उपचाररत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button