तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा संक्रमितको संख्या १ हजार ३ सय नाघ्यो

जनकपुरधाम । प्रदेश नंं २ मा पछिल्लो २४ घण्टामा १ सय ७४ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । जसमा ७ महिला र अरु पुरुष रहेका छन् ।

सबै भन्दा बढी सर्लाही जिल्लामा १ सय २० जनामा संक्रमण देखिईएको प्रदेश नं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म प्रदेश २ मा कोरोनावाट संक्रमित हुनेहरुको संख्या १ हजार ३ सय २३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टा यता संक्रमित हुनेहरुमा सप्तरी जिल्लामा १६ जना, महोत्तरीमा १२ जना, सर्लाही जिल्लामा १ सय २० जना, रौतहटमा १४ जना, वारामा ७ जना तथा पर्सा जिल्लामा ८ जना रहेको प्रदेश २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुलाई आईसोलेशनमा ल्याउने कामकाज भईरहेको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button