तपाईँ सुन्दै हुनुहुन्छः

रूपन्देहीमा कारोना संक्रमितको संख्या १ सय १८ पुग्यो


रुपन्देही । रुपन्देही भारतसंग सीमा जोडिएको जिल्ला हो । सुनौली नाका हुँदै दैनिक हजारौं नेपाली भारतबाट यहाँ आइरहेका छन् ।

रुपन्देहीका १६ पालिकामा बनेका विभिन्न क्वारेन्टाइनमा उनीहरुलाई राख्ने गरिएको छ । तर यथेष्ट पिसीआर किट नहुँदा र समयमै परीक्षण नहुँदा उनीहरुलाई आरडिटी परीक्षण गरेर घर पठाउन थालिएपछि स्वास्थ्य क्षेत्रका जानकार समाजमा यसको संक्रमण फैलिने चिन्ता बढेको बताउनुहुन्छ । सरकारले बनाएको कार्यविधि अनुसार आरडीटीमा नेगेटिभ आएकालाई घर पठाइरहेको सम्मरीमाई गाउँपालिकाका स्वास्थ्य प्रमुख मुन्सी माझी बताउनुहुन्छ ।

रूपन्देहीमा सोमबार दिउँसोसम्म संक्रमितको संख्या १ सय १८ पुगेको छ । यीमध्ये अधिकांश भारतबाट फर्किएका हुन् । भारतबाट आएकै नेपालीले यहाँका क्वारेन्टाइन भरिभराउ छन् । सीमावर्ती गाउँमा भारतबाट बढी नेपाली आइरहेका छन् । मर्चवारी गाउँपालिकामा पनि १ हजार ३ सय ३७ जनाको आरडीटी नेगेटिभ देखिएकालाई घर जान दिइएको स्वास्थ्य प्रमुख विनोद बरईले बताउनुभयो ।

तिलोत्तमा नगरपालिकामा सोमबार पहिलो पटक कोरोना संक्रमित फेला

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा वडा नं. ४, ८ र ९ का १/१ जना गरि ३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित पुष्टि भएकाहरु वडा नं. ९ का ३५ वर्षीय र वडा नं. ८ का ६२ वर्षीय पुरुष र वडा नं. ४ की ४४ वर्षकी महिला रहेको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।

भारतको मुम्बईबाट आई सुनौलीस्थित क्वारेन्टाइनमा बसेका उनीहरुलाई तिलोत्तमा नगरपालिकाले गत जेठ १२ र १३ गते उद्धार गरी क्वारेन्टिनमा राखेको थियो । रूपन्देहीमा सोमबार दिउँसोसम्म संक्रमितको संख्या १ सय १८ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button