तपाईँ सुन्दै हुनुहुन्छः

गड्डाचौकी नाकाबाट दुई हप्तामा २५ हजार बढी नेपालीको उद्धार


कञ्चनपुर । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भारतमा रहेका नेपालीहरू विभिन्न नाका हुँदै स्वदेश फर्कने क्रम जारी छ । पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकीबाट मात्रै पनि पछिल्लो दुई हप्तायता २५ हजार बढी नेपाली नागरिकहरू स्वदेश फर्किएका छन् ।

भारतमा अलपत्र परेका नेपाली नागरिकहरूको उद्धारका लागि करिब दुई महिनासम्म बन्द रहेको गड्डाचौकी नाका यही जेठ १२ गतेदेखि खुला गरिएको हो ।

त्यसयता, गड्डाचौकी नाका भएर २५ हजार ३ सय ४० जना नेपाली नागरिक नेपाल भित्रिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । सोही अवधिमा जम्मा ३ हजार १ सय १८ जना भारतीय नागरिकहरूलाई नेपालबाट भारत पठाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताउनु भएको छ ।

गड्डाचौकी नाकाबाट प्रत्येक दिन बिहान ६ बजेदेखि १० बजेसम्म चार सीमामा पुगेका नागरिकहरूको उद्धार गर्ने गरिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button