तपाईँ सुन्दै हुनुहुन्छः

बाँके र बर्दियामा थपिए १९ जना कोरोना सङ्क्रमित

नेपालगन्ज । बाँके र बर्दियामा आज १९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेका एक  र बर्दियाका १८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

बाँकेको जानकी गाउँपालिका वडा नम्बर ४ का २१ वर्षीय पुरुष, बर्दियाको बाँस गढी नगरपालिकाका २० देखि २८ वर्षीय पुरुष नौ  जना, मधु वन नगरपालिकाका ४ वर्षीया बालिकादेखि २३ वर्षीया महिला र दुई जना २० वर्षीय पुरुषसहितचार जना, बारबर्दिया नगरपालिकाका ३३ वर्षीया महिला तथा ३४ वर्षीय पुरुष र ठाकुर बाबा नगरपालिकाका १९ देखि ४० वर्षीय तीन जना पुरुषमा सङ्क्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।

यो सँगै बाँकेमा सङ्क्रमितको सङ्ख्यादुई सय ७१ र बर्दियामा ६० पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button